आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिने अभियानपछि माओवादी फेरि जाग्नेछ : प्रवक्ता सापकोटा

मङ्गलबार, २३ साउन २०८०, १८ : ३०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी विशेष तीन महिने अभियानबाट माओवादी पुनः जाग्ने जिकिर गरेका छन् । 

प्रवक्ताको जिम्मेवारी पाएपछि पहिलोपटक प्रेस सेन्टर नेपालले काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् । साथै उनले आफू सभामुखको भूमिकामा रहँदा राष्ट्रियताको पक्षमा अडान लिँदा देश विदेशबाट दबाब झेल्नु परेको दाबी गरे । 

‘म सभामुखको  भूमिकामा रहँदा राष्ट्रियताको पक्षमा अडान लिँदा देश र विदेशबाट दबाब झेल्नु पर्‍यो’, उनले भने, ‘जनतासँग तीन महिने अभियानले फेरि माओवादी जाग्नेछ । देश र जनताको पक्षमा उभिनेछ ।’

उनले अबदेखि हरेक हप्ता पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट गर्ने बताए ।  

आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरी उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप