तीन महिने अभियानपछि माओवादी फेरि जाग्नेछ : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी विशेष तीन महिने अभियानबाट माओवादी पुनः जाग्ने जिकिर गरेका छन् ।
प्रवक्ताको जिम्मेवारी पाएपछि पहिलोपटक प्रेस सेन्टर नेपालले काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् । साथै उनले आफू सभामुखको भूमिकामा रहँदा राष्ट्रियताको पक्षमा अडान लिँदा देश विदेशबाट दबाब झेल्नु परेको दाबी गरे ।
‘म सभामुखको भूमिकामा रहँदा राष्ट्रियताको पक्षमा अडान लिँदा देश र विदेशबाट दबाब झेल्नु पर्यो’, उनले भने, ‘जनतासँग तीन महिने अभियानले फेरि माओवादी जाग्नेछ । देश र जनताको पक्षमा उभिनेछ ।’
उनले अबदेखि हरेक हप्ता पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट गर्ने बताए ।
आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरी उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण