ऊर्जा क्षेत्रको विकासका लागि परिसंघ र इप्पानले सहकार्य गर्ने
काठमाडौँ । नेपाल उद्योग परिसंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) बीच व्यावसायिक सहकार्य हुने भएको छ । मंगलबार राजधानीमा दुई पक्षबीचको छलफलमा ऊर्जा क्षेत्रको विकास एवं समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता जनाएका हुन् ।
परिसंघले मंगलबार इप्पानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दिगो माध्यम रहेको बताउँदै परिसंघ ऊर्जा क्षेत्रको विकास लागि संस्थागत सहकार्य गर्न तयार रहेको बताए ।
ऊर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउँदै उनले नेपाल उद्योग परिसंघले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा ऊर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको समेत बताए । सोही अवसरमा अध्यक्ष अग्रवालले पीपीए खुला गरिनुपर्ने, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरिनुपर्नेमा जोड समेत दिएका छन् ।
इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताउँदै ऊर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरुपता हुनुपर्ने बताए ।
निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत् व्यापार गर्न दिनुपर्ने, विद्युत् निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारणलाइन निर्माण हुनुपर्ने, उद्योगीहरुले आवश्यक बिजुली पाउनुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण