त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान
मङ्गलबार, २३ साउन २०८०, २१ : ३२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ ।
मंगलबार शिक्षा मन्त्रालयले सूचना जारी गर्दै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको लागि निवेदन मागेको हो ।
सूचनामा भनिएको छ,'त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०८० साउन २३ गतेको बैठकको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका रोष्टरमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूबाट २०८० साउन २६ गते दिउसो ३:०० बजेभित्र आफ्नो बायोडाटासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार वा इमेल ठेगाना [email protected] मा निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण