बोल्न नपाएको उपसभामुखको गुनासो
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन् । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्,‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधिसभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर ।’
उनले आफू जनजातिकै छोरी भएका कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले अहिले प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् ।
रानाले भनिन्, ‘संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि ? यो मेरो प्रश्न छ । सुशासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो कि कुशासन हो ? मैले बुझ्न सकेको छैन । कि मैले नबुझेको हो कि ।’
उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण