समाचार
संखुवासभा कारागारमा झडप, दुईजनाको मृत्यु
९ जना पक्राउ
बुधबार, २४ साउन २०८०, १२ : ००
काठमाडौँ । संखुवासभा कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुईजनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे छन् । बिहान ५ बजेतिर बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । त्यसपछि अन्य कैदीहरुले ‘जेल तोडेर किन भाग्न खोजेको ?’ भनेर विवाद गर्दा दुई पक्षको बीचमा कुटाकुट भएको थियो ।
बिहान ६ बजेतिर कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गेलाई उपचार गर्न लैजाँदा मृत्यु भएको डिआईजी बास्तोलाले बताए । कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । डिआईजी बास्तोला भन्छन्– ‘कुटपिटमा संलग्नहरुबारे अनुसन्धान गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण