विषालु च्याउ खाँदा राक्सिराङका ६ जना बिरामी
बुधबार, २४ साउन २०८०, १३ : २२

हेटौंडा । जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् ।
राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताए । विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।
च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले भरतपुर पठाइएको त्यहाँका प्रमुख प्रकाश कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा