अफ्रिकाको किलिमन्जारो आरोहण गर्दै अभिनेत्री दीया पुन

काठमाडौँ । अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्ने भएकी छन् । उनले उक्त हिमालको आरोहण २७ साउनबाट थाल्नेछिन् ।
किलिमन्जारो आरोहणका लागि उनी अहिले अफ्रिका पुगिसकेकी छन् । ५ हजार ८ सय ९५ मिटर उचाइको किलिमन्जारो चढेसँगै उनको ७ महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य मध्य तीन पुरा हुनेछ ।
दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलता पूर्वक आरोहण गरेकी थिइन् । यसअघि उनले ८ हजार १६३ मिटरको संसारको आठौँ अग्लो मनासलु समेत आरोहण गरिसकेकी छन् । सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको उनले आरोहण गरेकी थिइन् ।
फिल्म ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी दीयाको गत असारमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । फिल्म व्यावसायिक रूपमा सफल हुन नसके पनि दीयाको अभिनयले भने चर्चा पाएको थियो । उनको फिल्म ‘दयारानी’ प्रदर्शनमा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
-
व्यक्तिगत भिडियो सार्वजनिक गर्छु भन्दै पैसा माग्ने दुई जना पक्राउ
-
११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
-
अमेरिका र युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
इजरायली आक्रमणपछि अमेरिकासँगको आणविक वार्ता ‘अर्थहीन’ : इरान
-
आईसीसीद्वारा दुई बलसम्बन्धी नियम र कन्कसन प्रोटोकल परिवर्तन