अदालत
ललिता निवास प्रकरण : पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
बुधबार, २४ साउन २०८०, १६ : १९
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।
ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या २० पुगेको छ । उनीहरूलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण