आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्छ : सांसद शर्मा

बुधबार, २४ साउन २०८०, १६ : २०
बुधबार, २४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्ने बताएका छन् ।  उनले सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका हुन् ।  

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए । 

सांसद शर्माले राजश्व अनुसन्धान र  सीआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने बताए । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र) का सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरीय समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।

सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप