बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘बाइडेनले छिट्टै भियतनाम भ्रमण गर्ने’

बुधबार, २४ साउन २०८०, १६ : २७
बुधबार, २४ साउन २०८०

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयासअन्तर्गत आफू छिट्टै भियतनाम जाने बताएका छन् । न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले भने, “म चाँडै नै भियतनाम जाँदैछु । भियतनाम हाम्रो सम्बन्ध परिवर्तन गर्न र साझेदार बन्न चाहन्छ ।” 

“हामी आफैलाई गतिशीलता परिवर्तन गर्ने यस्तो स्थितिमा पाउँछौं, जहाँ (संसारभरि) यी सबै परिवर्तनहरू एक मौका र समयमा भइरहेको छ,” उनले भने । संयुक्त राज्य अमेरिका र भियतनामबीच घनिष्ठ व्यापारिक सम्बन्ध रहेको छ भने दुवै देशले यस क्षेत्रमा चीनको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण चीन सागरमा चीनको व्यापक सामुद्रिक दाबीलाई लिएर बेइजिङ र दक्षिणपूर्वी एसियाली राष्ट्रहरू, विशेष गरी भियतनाम र फिलिपिन्सबीच वर्षौंदेखि द्वन्द्व बढ्दै गएको छ ।

गत अप्रिलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापानमा भएको जी–सेभेनका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जाने क्रममा हनोईको भ्रमण गरेको वेला वासिङ्टन र हनोईले कूटनीतिक सम्बन्ध सुधारगर्ने प्रतिबद्धता जनाएका थिए ।

भियतनामी नेताहरूसँगको भ्रमणका क्रममा ब्लिन्केनले भनेका थिए, “हाम्रो वर्तमान साझेदारीलाई अझ बलियो बनाउने यो शुभ समय हो भन्ने हामीलाई लाग्छ । हामीसँग विगत १० वर्षदेखि यो व्यापक साझेदारी छ जसले धेरै विभिन्न क्षेत्रहरूमा सहयोगको अविश्वसनीय रूपमा बलियो जग सिर्जना गरेको छ । फलस्वरूप, यो अझ अगाडि बढ्नको लागि राम्रो क्षण हो भन्ने हामी (अमेरिका) लाई लाग्छ ।” 

ब्लिन्केन हनोईमा नयाँ अमेरिकी दूतावासको शिलान्यास समारोहमा पनि सहभागी भएका थिए । गत मार्चमा बाइडेनले भियतनामको सत्तारूढ कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङसँग कुराकानी गरेका थिए ।

यद्यपि, वासिङ्टनले भियतनामको मानव अधिकारको चिन्तालाई लिएर आपत्ति जनाएको छ । “भियतनामी जनताको पूर्ण क्षमतालाई उजागर गर्न मानव अधिकारमा भविष्यको प्रगति कसरी आवश्यक छ भन्ने कुरामा जोड दिनु जरूरी छ,” ब्लिन्केनले भने ।

चीन र भियतनामबीचको लामो समयदेखिको तनावको केन्द्र दक्षिण चीन सागरलाई सजिलै अत्यन्तै खतरनाक हुनसक्ने ठाउँको रूपमा हेरिन्छ । गलत अनुमान वा दुर्घटनाले सैन्य द्वन्द्व लाई उर्जा दिनसक्छ भन्ने धेरैलाई डर छ ।

विश्लेषकहरूका अनुसार दक्षिण चीन सागरमा प्रतिद्वन्द्वीको दाबीका बावजुद महत्वपूर्ण आर्थिक साझेदार बेइजिङलाई चिढ्याउने गरी वासिङ्टनसँग सम्बन्ध सुधा गर्न हनोई बढी अनिच्छुक पनि हुन सक्छ । 

अमेरिकाको पानीमाथि कुनै क्षेत्रीय दाबी छैन, तर उसले बेइजिङलाई क्रोधित पार्दै त्यहाँ गस्ती गरिरहेको छ । वासिङ्टनले समुद्रमा ‘नेभिगेसनको स्वतन्त्रता’, जसबाट वार्षिक खरबौं डलरको व्यापार हुन्छ, सुनिश्चित गर्न यस्तो कदम चालेको बताएको छ ।

संयुक्त राज्य अमेरिकाले हालैका महिनाहरूमा चीनसँग सम्बन्ध सुधार गर्ने प्रयास पनि गरेको छ । यसै क्रममा ब्लिन्केनले जूनमा चीन भ्रमण गर्नुभएको थियो । यद्यपि, सन् २०२३ को सुरूमा एक कथित चिनियाँ जासूसी बेलुनलाई अमेरिकी युद्धक विमानले गोली हानेर खसालेपछि ब्लिन्केनको अङ्ग्रेजी बर्षको प्ररम्भमा तय भइसकेको भ्रमण रद्द भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप