छोरीलाई विष खुवाउने बाबु पक्राउ*
बुधबार, २४ साउन २०८०, १७ : ४१
विराटनगर । सुनसरीमा आफ्नै छोरीलाई विष खुवाउने कार्यमा संलग्न बाबु पक्राउ परेका छन् ।
सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार २० वर्षीय छोरीलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी छोरीको काेशी अस्पतालकाे आईसियुमा उपचार भइरहेकाे सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । पीडितलाई स्थानीयले उद्दार गरेर अस्पताल पुर्याएका थिए ।
मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो कार्य गरेको बताइएको छ ।
*यसअघि समाचारमा छोरीकाे उपचार भइरहेको हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याएर अध्यावधिक गरिएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण