शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीलाई विष खुवाउने बाबु पक्राउ*

बुधबार, २४ साउन २०८०, १७ : ४१
बुधबार, २४ साउन २०८०

विराटनगर । सुनसरीमा आफ्नै छोरीलाई विष खुवाउने  कार्यमा संलग्न बाबु पक्राउ परेका छन् ।

सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार २० वर्षीय छोरीलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी छोरीको काेशी अस्पतालकाे आईसियुमा उपचार भइरहेकाे सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । पीडितलाई स्थानीयले उद्दार गरेर अस्पताल पुर्‍याएका थिए । 

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो कार्य गरेको बताइएको छ । 

*यसअघि समाचारमा छोरीकाे उपचार भइरहेको हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याएर अध्यावधिक गरिएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप