खुटिया नदीमा दाउरा निकाल्न गएका भट्टराईको शव फेला
बिहीबार, २५ साउन २०८०, ०९ : ३७
धनगढी । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदीमा फसेपछि बेपत्ता भएका एक जनाको शव फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको शव फेला परेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनी बुधबार घर नजिकैको खुटिया नदीमा दाउरा निकाल्न भनी घरबाट निस्केका थिए । तर नफर्किएपछि उनको खोजी गरिएको थियो ।
उनको आज बिहान पानी जमेको खल्लामा शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण