शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खुटिया नदीमा दाउरा निकाल्न गएका भट्टराईको शव फेला

बिहीबार, २५ साउन २०८०, ०९ : ३७
बिहीबार, २५ साउन २०८०

धनगढी । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदीमा फसेपछि बेपत्ता भएका एक जनाको शव फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको शव फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार  उनी बुधबार घर नजिकैको खुटिया नदीमा दाउरा निकाल्न भनी घरबाट निस्केका थिए । तर नफर्किएपछि उनको खोजी गरिएको थियो ।

उनको आज बिहान पानी जमेको खल्लामा शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप