२० बलमा एक रन दिएर तीन विकेट !
काठमाडौँ । ‘दी हन्ड्रेड मेन्स कम्पिटिसन’ मा एक अस्ट्रेलियन क्रिकेटरले गजबको प्रदर्शन गरेका छन् । अस्ट्रेलियन बायाँ हाते मध्यम तेज गतिका बलर स्पेन्सर जोन्सनले आफ्नो टोली ओभल इनभिन्सिबल्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेट प्रेमीको मन जितेका हुन् ।
२७ वर्षीय जोन्सनकै उत्कृष्ट प्रदर्शनका कारण उक्त खेलमा जोन्सनको टोली ९४ रनले विजयी भयो । दी ओभलमा खेलिएको उक्त खेलमा ओभल इनभिन्सिबल्सले पहिले ब्याटिङ गर्दै निर्धारित एक सय बलमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको म्यानचेस्टर ओरिजिन्लसले ८९ बलमो अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । ओभल इनभिन्सिबल्सलाई जित दिलाउन जोन्सनले उत्कृष्ट प्रदर्शन गरे । उनले २० बलमा केवल एक रन खर्चिएर तीन विकेट लिए ।
जोन्सनले आफूले फालेको १९ बलमा विपक्षी टोलीका ब्याट्सम्यानलाई एक रन पनि दिएनन् । ‘म आफैले पनि यस्तो प्रदर्शनको अपेक्षा गरेको थिइन,’ खेलपछि जोन्सनले भने । उनले सुरुको १० बल फाल्दा केवल एक रन दिएका थिए ।
सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले अस्ट्रेलिया र इङ्ल्यान्डबीचको परम्परागत एसेस टेस्ट शृङ्खला खेल्नु आफ्नो जीवनको एकमात्र लक्ष्य भएको बताए । ‘एसेस शृङ्खला खेल्नु मेरो लक्ष्य हो । मलाई विश्वास छ, एक दिन मेरो यो सपना साकार हुनेछ,’ उनले भनेका छन् ।
ओभल इनभिन्सिबल्सका कप्तान साम बिलिङ्सले पनि जोन्सनको खेलको प्रशंसा गरेका छन् । ‘वास्तवमै उनले लोभलाग्दो प्रदर्शन गरे । उनी टोलीको जितको कारण पनि बन्न पुगे,’ खेलपछि बिलिङ्सले भने ।
जोन्सनका अतिरिक्त सुनिल नारिनले पनि तीन विकेट लिए । गस एटकिन्सन र नाथन सोटरले दुई—दुई विकेट लिए । ‘दी हन्ड्रेड’ प्रतियोगितामा यो सबैभन्दा ठुलो रनअन्तरको जित पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण