मल्टिस्टार ‘वरिष्ठ बलराम’ मा दयाहाङको इन्ट्री
काठमाडौंँ । रोहित अधिकारी निर्माता रहेको मल्टिस्टार फिल्म ‘बरिष्ठ बलराम’ मा दयाहाङ राई पनि जोडिएका छन् । निर्माता रोहित अधिकारीले फिल्मको मुख्य भूमिकाको लागि दयाहाङ भित्रिएको जानकारी दिए । ‘फिल्मका लागि अर्काे एक स्टारसँग कुराकानी भैरहेको छ’ रोहितले भने ।
अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’ को सफलताले दयाहाङलाई अहिले सबैभन्दा ब्यस्त अभिनेता बनेका छन् । उनी एकपछि अर्काे फिल्ममा भित्रिने क्रम बढ्दो छ । हालै फिल्म ‘घर ज्वाई’ र ‘रङ्गेली ग्याङस्टर’ मा पनि उनी भित्रिएका थिए ।
सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘वरिष्ठ बलराम’ मा खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय बराल, बुद्धि तामाङ लगायतको समेत अभिनय रहनेछ । दिव्या अभिनेता दीलिप रायमाझीको छोरी हुन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । अहिले अमेरिकामा रहेकी दिब्या फिल्मका लागि चाँडै नेपाल आउँदैछिन् । उनले १० लाख लिएर फिल्म गर्न लागेकी हुन् ।
फिल्ममा निर्माताको रुपमा रोहितको अलवा ओम अग्रवाल रहेका छन् भने सह निर्मातामा मनोज ओली र रामु न्यौपाने रहेका छन् । आगामी मंसिर १ गतेबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म सुसन प्रजापतिले छायांकन गर्नेछन् । यस अगाडि दुईवटा फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ को निर्माण गरिसकेका निर्माता रोहित यसैवर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘फर्की फर्की’ पनि निर्माणको तयारीमा छन् । आगामी दशैंपछि फिल्मको छायांकन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण