राती सुत्नु अघि दूधमा यो एक चिज मिसाएर खानुहोस् : हड्डी बलियो हुन्छ, शरीरको शक्ति बढ्छ
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मानिसले विभिन्न खालका खानेकुरा खाने गर्छन् । विज्ञले पनि भिटामिन र पोषक तत्त्वले भरपुर हरियो सागसब्जी, ताजा फलफूल, ड्राई फ्रुट्स आदि खान सल्लाह दिन्छन् । तीव्र रूपमा फेरिँदै गएको जीवनशैलीका कारण विभिन्न खालका स्वास्थ्य समस्या मानिसमा देखिन थालेको छ । यीमध्ये कति समस्या घरेलु उपचारपश्चात् ठिक हुन्छन् । शरीरलाई शक्तिशाली बनाउन चाहनेले दैनिक रूपमा दूध पिउने गर्छन् । बेसार मिसाएर पिउँदा दूधको शक्ति बढ्छ । तर दूधमा घिउ मिसाएर पिउने सल्लाह निकै कमले दिने गर्छन् । यसको सम्मिश्रण कतिलाई अचम्मको पनि लाग्ला । आउनुहोस्, आज हामी यही सम्मिश्रणबारे कुरा गरौँ ।
पाचन प्रक्रियामा सुधार
टाइम्स अफ इन्डियामा छापिएको एक खबर अनुसार दूधमा सधैँ घिउ मिसाएर पिउँदा पाचन प्रक्रिया बलियो हुन्छ । यसको सेवनले पेटसँग सम्बन्धित समस्याबाट छुटकारा दिन्छ । यसले तौल कम गर्न पनि सहयोग गर्छ । यदि तपाईंलाई वा तपाईंले चिने जानेकामध्ये कसैलाई कब्जियतको समस्या छ भने उनीहरूलाई सधैँ गाइको दूधमा घिउ मिसाएर पिउने सल्लाह दिनुहोस् र आफू पनि पिउनुहोस् । यसले एसिडिटी पनि हटाउँछ । यसको सेवनले पेट सफा हुन समस्या हुँदैन ।
प्रतिरोधी क्षमता बढाउँछ
दूधमा घिउ मिसाएर पिउँदा प्रतिरोधी क्षमता बलियो हुन्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ जसका कारण रोगसँग लड्ने शक्ति मिल्छ । यो आन्द्राका लागि पनि फाइदाजनक छ ।
जोर्नी दुखाइमा राहत
दूधमा घिउ मिसाएर पिउँदा जोर्नी दुखाइमा पनि राहत मिल्छ । दूधमा क्याल्सियम हुन्छ । यस्तै घिउमा ओमेगा थ्री र ६ फ्याटी एसिड पाइन्छ । यसले शरीरको दुखाइबाट राहत दिन्छ । यसले ऐँठनको समस्या पनि हुन दिँदैन ।
शक्ति बढाउँछ
दूधमा गाइको घिउ मिसाएर पिउँदा शारीरिक शक्ति बढ्छ । यसको सेवनले शरीरमा ऊर्जा बढ्छ । यसले तपाईंलाई लामो समयसम्म काम गर्न सक्षम बनाउँछ । यसको सेवनले मांसपेशी बलियो हुन्छ । दूधमा दैनिक घिउ हालेर पिउँदा हड्डी बलियो हुन्छ ।
गर्भवती महिलाका लागि फाइदाजनक
गर्भवती महिलाले दूधमा घिउ मिसाएर पिउँदा उनीहरूको स्वास्थ्य दुरुस्त हुन्छ । साथै, यसको सेवनले गर्भमा हुर्किरहेको बच्चाको विकास पनि उत्कृष्ट तरिकाले हुन्छ । यद्यपि, यसको सेवनभन्दा अघि डाक्टरको सल्लाह भने पक्कै लिनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण