शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

हाइड्रोजन पावर प्लान्ट स्थापना गर्दै विद्युत् प्राधिकरण

बिहीबार, २५ साउन २०८०, १५ : ०२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने भएको छ । कार्यकाल सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा  प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने बताएका हुन् ।

उनले भने, ‘एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।’

अहिले विश्वभर हाइड्रोजन पावर प्लान्ट स्थापनाको प्रक्रिया अघि बढेको छ । छिमेकी मुलुक भारतमा समेत निजी समूह अडानी ग्रुपले हाइड्रोजन पावर प्लान्ट स्थापना गरिसकेको छ ।

यस्तै जापानमा हाइड्रोजनबाट चल्ने सार्वजनिक सवारीको सफल परीक्षण सम्पन्न भइसकेको छ । हरित हाइड्रोजनले अन्य प्रकारका जैविक ऊर्जाको तुलनामा न्यून कार्बन उत्सर्जन गर्छ । यस्तै, यसबाट प्रदान हुने शक्तिसमेत अधिक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप