अर्थ
हाइड्रोजन पावर प्लान्ट स्थापना गर्दै विद्युत् प्राधिकरण
बिहीबार, २५ साउन २०८०, १५ : ०२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने भएको छ । कार्यकाल सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने बताएका हुन् ।
उनले भने, ‘एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।’
अहिले विश्वभर हाइड्रोजन पावर प्लान्ट स्थापनाको प्रक्रिया अघि बढेको छ । छिमेकी मुलुक भारतमा समेत निजी समूह अडानी ग्रुपले हाइड्रोजन पावर प्लान्ट स्थापना गरिसकेको छ ।
यस्तै जापानमा हाइड्रोजनबाट चल्ने सार्वजनिक सवारीको सफल परीक्षण सम्पन्न भइसकेको छ । हरित हाइड्रोजनले अन्य प्रकारका जैविक ऊर्जाको तुलनामा न्यून कार्बन उत्सर्जन गर्छ । यस्तै, यसबाट प्रदान हुने शक्तिसमेत अधिक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण