शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवाका लागि उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

बिहीबार, २५ साउन २०८०, १६ : ३९
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पनि लगत्तै काठमाडौँ नै फर्किएको छ । दिउँसो १ः५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनी जानकारी दिएको छ । 

तर, जहाजमा के भएको हो सो अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेको कम्पनीका कर्मचारी दीपेन्द्र के कर्णले रातोपाटीलाई जानकारी दिए । जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो ।  तर, फर्काएको जहाजमा सवार सम्पूर्ण यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुनः भैरहवा पठाइसकिएको कर्णले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप