भैरहवाका लागि उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
बिहीबार, २५ साउन २०८०, १६ : ३९
काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पनि लगत्तै काठमाडौँ नै फर्किएको छ । दिउँसो १ः५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनी जानकारी दिएको छ ।
तर, जहाजमा के भएको हो सो अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेको कम्पनीका कर्मचारी दीपेन्द्र के कर्णले रातोपाटीलाई जानकारी दिए । जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो । तर, फर्काएको जहाजमा सवार सम्पूर्ण यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुनः भैरहवा पठाइसकिएको कर्णले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण