‘काजी’ बन्दै विपिन
काठमाडौँ । लक्ष्मण रिजालको निर्देशन रहने नयाँ फिल्म ‘काजी’ मा विपिन कार्की भित्रिएका छन् । निर्माण युनिटले बिहीबार फिल्मको मुख्य भूमिकाको लागि विपिनसँग सम्झौता गरेको हो ।
काजीको मुख्य भूमिकाको लागि विपिन अनुबन्धित भएको निर्देशक लक्ष्मण रिजालले जानकारी दिए ।
रिजालले करिब ६ वर्षपछि यो फिल्म निर्देशन गर्न लागेका हुन् । यसअघि उनले निर्देशन गरेको ‘कायरा’ ०७५ को साउनमा प्रदर्शन भएको थियो ।
फिल्ममा विपिन अगाडि वर्षा शिवाकोटी, बुद्धि तामाङ, विजय बरालको अलवा कमेडी च्याम्पियनका कमेडियन कैलास कार्की, सुमन कार्कीको समेत अभिनय छ ।
भदौको अन्तिमबाट छायांकन सुरु हुने फिल्म सन् २०११ देखि १४ सम्मको सेटअपमा बेलायतका विभिन्न स्थानमा खिचिने छ । अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर फिल्म बेलायतमा खिच्न लागिएको हो । ‘काजी’ को वितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्नेछन् ।
रामप्रसाद रिजालको प्रस्तुति रहने फिल्मको स्क्रिप्ट सविन अधिकारी र असिम काफ्लेको रहेको छ । रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुने ‘काजी’को क्रियटिभ हेड रोनाल्ड श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण