‘काजी’ बन्दै विपिन

काठमाडौँ । लक्ष्मण रिजालको निर्देशन रहने नयाँ फिल्म ‘काजी’ मा विपिन कार्की भित्रिएका छन् । निर्माण युनिटले बिहीबार फिल्मको मुख्य भूमिकाको लागि विपिनसँग सम्झौता गरेको हो ।
काजीको मुख्य भूमिकाको लागि विपिन अनुबन्धित भएको निर्देशक लक्ष्मण रिजालले जानकारी दिए ।
रिजालले करिब ६ वर्षपछि यो फिल्म निर्देशन गर्न लागेका हुन् । यसअघि उनले निर्देशन गरेको ‘कायरा’ ०७५ को साउनमा प्रदर्शन भएको थियो ।
फिल्ममा विपिन अगाडि वर्षा शिवाकोटी, बुद्धि तामाङ, विजय बरालको अलवा कमेडी च्याम्पियनका कमेडियन कैलास कार्की, सुमन कार्कीको समेत अभिनय छ ।
भदौको अन्तिमबाट छायांकन सुरु हुने फिल्म सन् २०११ देखि १४ सम्मको सेटअपमा बेलायतका विभिन्न स्थानमा खिचिने छ । अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर फिल्म बेलायतमा खिच्न लागिएको हो । ‘काजी’ को वितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्नेछन् ।
रामप्रसाद रिजालको प्रस्तुति रहने फिल्मको स्क्रिप्ट सविन अधिकारी र असिम काफ्लेको रहेको छ । रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुने ‘काजी’को क्रियटिभ हेड रोनाल्ड श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल