ह्याम्स आँधीका कारण नर्वेमा जनजीवन प्रभावित
नर्वे । नर्वेमा ह्याम्स नामक आँधीपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो ।
गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना ध्वस्त पारेको छ । ग्लोमाको पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयहरूलाई उद्धार गरेको थियो । आँधी सोमवारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ ।
नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण ९ सय मिलियन नर्वेजियन क्रोनर (लगभग ८८.२ मिलियन अमेरिकी डलर) बराबरको सम्पत्ति नष्ट भएको छ । ११४ स्थानका सडक खण्डहरू बाढी र पहिरोका कारण सम्बन्ध विच्छेद्य बनेका छन् ।
नर्वेजियन सार्वजनिक सडक प्रशासनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूममा इनल्याण्डेटलाई राखेको छ । सो क्षेत्रमा राष्ट्रिय आपतकालीन टोली खटाएको छ । आँधीका कारण २ हजार बढी नागरिक विस्थापित भएका छन् । नर्वेका न्यायमन्त्री एमिली एङ्गर मेहलले सरकारले आँधी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न थप हेलिकप्टर र अन्य स्रोतहरू परिचालन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण