लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने बताएका छन् । संसदको जारी गतिरोधबारे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग शुक्रबार शीतलनिवासमा छलफल गर्दै राष्ट्रपतिले दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न आग्रह गरे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले छलफलका क्रममा संसद्को गतिरोधप्रति राष्ट्रपतिले चासो राखेको बताए । ‘राष्ट्रपतिज्यूले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राख्नुभयो’, पोखरेलले भने ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न पनि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
गत साउन १० गतेदेखि प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ । छलफलका क्रममा घिमिरे र तिमल्सिनाले सदन खुलाउन निरन्तर पहल भइरहेकाले छिट्टै निकास निस्कने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण