सदनकाे चिन्ता
संसदको जारी अवरोधबारे राष्ट्रपतिको चासो, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल
शुक्रबार, २६ साउन २०८०, १० : ५०
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् । सो क्रममा राष्ट्रपतिले संसदको जारी अवरोधबारे चासो राखेका थिए ।
सो भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन राष्ट्रिय सभा अध्यक्ष र सभामुखले गरेका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए । भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।
गत साउन १० गतेदेखि प्रतिनिधि सभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण