बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
सदनकाे चिन्ता

संसदको जारी अवरोधबारे राष्ट्रपतिको चासो, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल

शुक्रबार, २६ साउन २०८०, १० : ५०
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । 

शुक्रबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् । सो क्रममा राष्ट्रपतिले संसदको जारी अवरोधबारे चासो राखेका थिए । 

सो भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन राष्ट्रिय सभा अध्यक्ष र सभामुखले गरेका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए । भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए । 

गत साउन १० गतेदेखि प्रतिनिधि सभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप