प्रस्तावित विद्यालय शिक्षा ऐनविरूद्द नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० का विरूद्द नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। मन्त्रिपरिषाद्बाट पारित भई संसदमा पेश हुन लागेको मस्यौदाको विरूद्दमा महासंघले आन्दोलनको घोषणा गरेको हो। काठमाडौँमा आयोजित पत्रकार सम्लेलनमा महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले उक्त मस्यौदा नेपालको शिक्षा विकासमा प्रतिकूल रहेको बताए।
साउन २८ गतेदेखि आन्दोलनको घोषणा गरिएको हो। पहिलो चरणको आन्दोलनमा पालिका धर्नादेखि लिएर सांसदहरूलाई जानकारी गराउने सम्मका रहेका छन्। पहिलो चरणको आन्दोलनका कार्यक्रमबाट माग सम्बोधन गरिएन भने दोस्रो चरणको आन्दोलन गर्ने र त्यसमा देशभरका शिक्षक कर्मचारी काठमाडौँमा उपस्थित भई बृहत् आन्दोलन गर्ने कार्यक्रम रहेका छन्।
अहिले सार्वजनिक भएको ऐनको मस्यौदाले प्रबन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको खिलाफ रहेको महासचिव सुवेदीले बताए। मस्यौदाले शिक्षक महासंघ र नेपाल सरकार शिक्षा मन्त्रालयबीच भएका सहमतिलाई समग्रमा समेट्न नसकेको बताए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण