मन्त्रिपरिषदबाट पारित ‘साइबर सुरक्षा नीति २०८०’ मा के छ ? (पूर्णपाठसहित)
शुक्रबार, २६ साउन २०८०, १५ : ४०
काठमाडौँ । विश्वव्यापी साइबर सुरक्षा सुचकांङक स्कोर ४४.९९ बाट आगामी पाँच वर्ष भित्र ६०, दशवर्ष भित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद् बैठकबाट साउन २३ गते पारित भएको साइबर सुरक्षा नीति २०८० को मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ ।
नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो खुलेको सरकारले जनाएको छ । यो नीति संसदबाट पारित भएपछि साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण हुने सरकारको दाबी छ ।
यस्तो छ साइबर सुरक्षा नीति २०८० (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण