बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषदबाट पारित ‘साइबर सुरक्षा नीति २०८०’ मा के छ ? (पूर्णपाठसहित)

शुक्रबार, २६ साउन २०८०, १५ : ४०
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । विश्वव्यापी साइबर सुरक्षा सुचकांङक स्कोर ४४.९९ बाट आगामी पाँच वर्ष भित्र ६०, दशवर्ष भित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्‍याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद् बैठकबाट साउन २३ गते पारित भएको साइबर सुरक्षा नीति २०८० को मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ । 

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो खुलेको सरकारले जनाएको छ । यो नीति संसदबाट पारित भएपछि साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण हुने सरकारको दाबी छ । 

यस्तो छ साइबर सुरक्षा नीति २०८० (पूर्णपाठसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप