सरकारी वकिलको कार्यालयमा धकेलाधकेल, हातपात भएको सुनील शर्माको आरोप
काठमाडौँ । सांसद सुनील शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा लैजाने क्रममा तनाव भएको छ । कांग्रेस नेता समेत सुनील शर्माका समर्थक र प्रहरीबीच धकेलाधकेलका साथै तनावको स्थिति बनेको हो ।
यस्तै समर्थकहरुले सुनीलमाथि दुर्व्यवहार भएको भन्दै नाराबाजी गरेका थिए । यस्तै समर्थकहरुले ‘हात हाल्न पाइँदैन, प्रहरी दमन मुर्दावाद’लगायतका नारा लगाएका थिए ।
शर्माले सरकारी वकिलको कार्यालय बाहिर निस्कने क्रममा समर्थकलाई आफूमाथि दुर्व्यवहार भएको बताए । उनले भने, ‘दुई पटक हात हाल्यो । त्यसपछि समर्थकले ‘डाक्टर सा’बलाई हात हाल्ने को हो त्यो’ भन्दै नाराबाजी सुरु गरेका थिए ।' त्यसपछि दुई पक्षबीच धकेलाधकेल हुँदा तनावको स्थिति बनेको हो ।
बिहीबार शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । पक्राउ पछि सीआईबीको हिरासतमा रात बिताएका उनलाई शुक्रबार दिउँसो भने म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेर डाक्टर बनेको आरोपमा सीआईबीले हालसम्म ८ जनालाई पक्राउ गरिसकेको छ।
तस्बिरहरु हेर्नुहोस्:



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण