प्रमाणपत्र किर्ते प्रकरण
डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश
शुक्रबार, २६ साउन २०८०, १८ : १३
१
काठमाडौँ । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।
प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो ।
शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । यो प्रकरणमा ८ जनालाई ब्युरोले पक्राउ गरेपनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने ५ दिनको म्याद थप भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण