कांग्रेस संसदीय दलको बैठक : सुनील शर्मा पक्राउ अप्रत्याशित र आपत्तिजनक
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । ‘यो आपत्तिजनक र अप्रत्यासित छ । दलको बैठक जारी छ । यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने । नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
नेता लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठक आइतबार साढे १२ बजे पुनः बस्नेछ । शुक्रबारको बैठकमा १९ जना सांसदहरुले धारणा राखेका छन् । यसबाहेक कांग्रेसले जनजीविकाका सवालमा अन्य चारवटा विषयमा निर्णय गरेको छ ।
अविरल बर्खाका कारण देशभरी बाढी पहिरो र डुबानबाट धेरै मानिसले ज्यान गुमाएको भन्दै बैठकले त्यसबाट क्षति सार्वजनिक र नीजि भौतिक संरचनामा क्षति भएकाले तत्काल बाढी पहिरो र डुबानबाट भएको हानी नोक्सानीका बारेमा राहत, उद्दार र पुर्नस्थापना गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै लम्पी स्किनबाट हजारौ पशु चौपायको मृत्यु हुँदा किसानले बेहोरेको क्षतिप्रति राहत र उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग कांग्रेस दलको बैठकले माग गरेको छ ।
त्यसबाहेक डेंगु र आँखाको रोगको उपचारका लागि उचित व्यवस्था गर्न र तराई मधेसमा यो वर्ष पानी कम परेकाले कममात्रामा धान रोपाई भएकाले यो समस्याप्रति पनि उचित ध्यान दिन सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण