शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस संसदीय दलको बैठक : सुनील शर्मा पक्राउ अप्रत्याशित र आपत्तिजनक

शुक्रबार, २६ साउन २०८०, १६ : ५३
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । ‘यो आपत्तिजनक र अप्रत्यासित छ । दलको बैठक जारी छ । यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने । नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

नेता लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठक आइतबार साढे १२ बजे पुनः बस्नेछ । शुक्रबारको बैठकमा १९ जना सांसदहरुले धारणा राखेका छन् । यसबाहेक कांग्रेसले जनजीविकाका सवालमा अन्य चारवटा विषयमा निर्णय गरेको छ ।

अविरल बर्खाका कारण देशभरी बाढी पहिरो र डुबानबाट धेरै मानिसले ज्यान गुमाएको भन्दै बैठकले  त्यसबाट क्षति सार्वजनिक र नीजि भौतिक संरचनामा क्षति भएकाले तत्काल बाढी पहिरो र डुबानबाट भएको हानी नोक्सानीका बारेमा राहत, उद्दार र पुर्नस्थापना गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै लम्पी स्किनबाट हजारौ पशु चौपायको मृत्यु हुँदा किसानले बेहोरेको क्षतिप्रति राहत र उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग कांग्रेस दलको बैठकले माग गरेको छ । 

त्यसबाहेक डेंगु र आँखाको रोगको उपचारका लागि उचित व्यवस्था गर्न र तराई मधेसमा यो वर्ष पानी कम परेकाले कममात्रामा धान रोपाई भएकाले यो समस्याप्रति पनि उचित ध्यान दिन सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप