लुम्बिनी प्रदेशका संसदीय समितिहरुमा सभापति चयन गर्न सकस
बुटवल । लुम्बिनी प्रदेश संसदीय समितिका सदस्यहरू असारको अन्तिम हप्ता चयन भए पनि करिब एक महिनापछि बल्ल बैठक बस्न थालेको छ । संसदीय समितिहरुको सभापति चयनको अझै टुङ्गो लागेको छैन ।
संसदीय समिति गठन भएपछि विधान अनुसार ज्येष्ठ सदस्यको हैसियतमा बैठक बस्न र निर्णय गर्न पाउने व्यवस्था छ । प्रदेशसभामा गठन भएका ६ समितिमध्ये अहिलेसम्म जम्मा दुई वटा समितिको बैठक बसेको छ ।
हालै सामाजिक विकास समिति, प्रदेश मामिला तथा कानुन समितिको बैठक बसेको छ भने आइतबार अर्थ समितिको बैठक बस्ने तयारी भइरहेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाका सूचना अधिकारी सम्झना सुवेदीले संसदीय समितिहरूको बैठक बिजनेसको आधारमा बैठक बस्ने गरेको बताइन् । बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने जानकारी दिँदै उनले सभापति चयनको विषयमा दलहरू नै बढी गम्भीर बन्नु पर्ने प्रस्ट पारिन् ।
लुम्बिनी प्रदेशसभा अन्य समितिहरूले बिजनेस पाएको खण्डमा सभापति तत्काल चयन नभए पनि बैठक बस्ने तयारी गरेका छन् ।
प्रदेशसभामा सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, कृषि वन तथा वातावरण समितिको बैठक अझै बस्न सकेको छैन ।
बिजनेस पाएमा बैठक बस्न समस्या नरहेको सार्वजनिक लेखा समितिका सदस्यमा अब्दुल रज्जाकले बताए । उनले सभापति छिटै चयन गर्दा राम्रो हुने तर बिजनेस आएको खण्डमा ज्येष्ठ सदस्यको अध्यक्षतामा पनि बैठक राख्न सकिने प्रस्ट पारे ।
संसदीय समितिका सभापति सर्वसम्मत रूपमा चयन गर्ने प्रयासस्वरुप प्रतिपक्षलाई पनि सहमतिमा ल्याउन पहल भइरहेको सत्तारुढ गठबन्धनका नेताहरुको भनाइ छ । त्यसैले पनि सभापति चयनमा केही ढिला हुन गएको उनीहरु बताउँछन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसेनाले सभापतिमा धेरै विषय मिलेकाले सर्वसम्मत रूपमा चयन गर्ने गरी छलफल गरिरहेको बताए ।
सत्तारुढ गठबन्धनमै कुन दललाई कति वटा समितिको नेतृत्व दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । सत्तारुढ दल माओवादी र नेपाली कांग्रेसले मन्त्रीमण्डलमा भागबन्डा टुङ्ग्याउन नसक्दा संसदीय समितिको नेतृत्वको सम्बन्धमा समेत अन्योल बढेको छ ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समितिहरू चयन भएकाले कामकारबाही नरोकिने प्रस्ट पारे । संसदीय समितिका सभापति चयन गर्न दलहरू गम्भीर भएर छलफल गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण