भेटवार्ता
कांग्रेस सभापति देउवा भेट्न धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ
शुक्रबार, २६ साउन २०८०, २१ : ५३
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ सभापति देउवालाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका हुन् ।
कांग्रेस संसदीय दलको बैठकपछि देउवाले गृहमन्त्री श्रेष्ठलाई पार्टीका सांसद सुनील शर्मा पक्राउ प्रकरणबारे बिफ्रिङ लिन निवासमम बोलाएका थिए ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार गृहमन्त्री श्रेष्ठले मुलकको सुरक्षा अवस्था र सांसद शर्मा पक्राउ प्रकरणबारे बिफ्रिङ गरेका थिए । उनीहरू करिब आधा घण्टा मुलुक समसामयिक राजनीतिबारे कुराकानी भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण