नयाँ सिजन, पुरानै हालान्ड : सिटीको सहज जीत
शनिबार, २७ साउन २०८०, ०६ : १२
म्यानचेस्टर । अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो ।
गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वेजियन खेलाडीलाई नयाँ सिजनमा गोल गर्न मात्र १८५ सेकण्ड लागेको थियो ।
३६ औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन १५ मिनेट बाँकी छँदा रोड्रीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
खेलको अन्त्यमा बर्नलीका आनास जारोरीले रातो कार्ड पाएपछि बर्नली १० खेलाडीमा सीमित भएको थियो । यसअघि खेलमा केभिन डी ब्रयुना खेलको २३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण