नआऊ जुन मेरो कोठामा
मलाई जुनले रात भरी सताउँछ किन ?
झ्यालबाट छिरेर मलाई हेरिरहन्छ एकोहोरो
चुम्छ मेरा सुकोमल ओठहरू
खेलाउँछ मेरा बैशालु भागलाई किन ?
लाग्छ यो जुन खराब बलात्कारी नै हो ।
जुन तिमी मलाई किन सताउँछौ ?
निद्राबाट रोक्न मलाई कल गरिरहन्छौ
किन ?
रातलाई चम्किलो पारेर
आँखामा बत्ती थुपारेर
ओछ्यानमा पक्षाघात भए झैं लुटुपुटु गर्छौ किन?
मेरो थाकेको शरिरमा तिम्रो बोझ चम्काएर
मलाई गहिरो निद्रामा पर्नै दिंदैनौ किन ?
म तिमी सित धेरै थकित छु
नहेर जुन तिमीले मलाई
सास फेर्न सजिलो हुन देऊ
गाह्रो नबनाऊ मलाई सुत्ने बेलामा
हजुरआमाको लालबाइ सम्झेर
खुशी हुनदेउ मलाई मेरै समय सित
अनन्त आनन्द खोज्न चाहेको छु म
ताराहरु एक एक गरी सर्छन् माथि आकासमा
मलाई ताराहरू गन्न देऊ
मलाई मेरो समयसित रमाउन देऊ ।
अहिले ऊ आउँदैछ यता तिर
समयको वरिपरि बसेर
रम्न खोज्छु
मैले गर्नुपर्ने के हो तिमी भन ?
थाह छैन मलाई
तर मलाई पटक पटक नसताऊ
मेरो जवानीमा मलाई रम्न देऊ ।
रात मेरो हो
समय मेरो हो
मलाई रातको जोश चुम्नु छ
मेरा थकित र भारी आँखा बन्द नहुँदै
मलाई रमाउन देऊ समयको उमङ्गसित
मसँग अहिले धेरै समय छैन
दिउसो तिमीले मलाई हेर्नेछैनौ
त्यसैले म पनि हेर्दिन रातमा तिमीलाई
म समयलाई हेरेर उसैलाई पर्खेर बसेको छु
ऊ दिउसो पनि आउँछ
समय बनेर
जसरी म राती सुत्छु
सुत्न देऊ
म समयका लागि जागा हुनेछु
अहिले मलाई मसितै रमाउन देऊ
म सित समयलाई सगरमाथा चढ्न देउ
म समयसित सगरमाथा चढ्न चाहान्छु
समयले चढाउँछ मलाई सगरका उचाईमा हात समातेर
म फेवामा समयसित पौडिन खोज्छु
सिकाउँछ समयले नदीमा उत्रने चाल हान्न
म समयसित लुकामारी खेल्न चहान्छु
लुकाउँछ समयले मलाई उसकै खोकिलामा हालेर
कसैले देख्नेछैन समयको यो खेलमा
किनकि समय र म एक हौं ।
बिन्ती छ जुन !
भो नआऊ मेरो कोठामा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण