म अझै जीवित रहेछु
ओहो, यो विशाल मानव नगरी
चाहनाको कोलाहल
अन्यायको चिच्चाहट
सच्चाईको मौनता, र
निर्दोषहरुलाई वलि दिइएको रक्तकुन्डमा,
म अझै जीवित रहेछु ।
विज्ञानको विशाल प्रयोगशाला
अध्यात्मको सपनी तीर्थ
शक्तिशालीहरुको कोलाहल
गरिबको मौन चिता अनि
निर्दोषहरु पुरिने पापकुण्डमा,
म अझै जीवित रहेछु ।
न्यायालयको चीरहरण
अपराधीको क्रीडास्थल
निर्दोषहरुको आन्तरिक चीत्कार
अनि, पीडकहरुको अट्टहासबीच पनि
म अझै जीवित रहेछु ।
टुहुरो बालकको हृदयविदारक चित्कार
भोको पेटको अदृश्य कोलाहल
धनहीन अशक्तको अस्रुरहित रोदन
एकल जीवनको एकान्तको रुवाईबीच पनि
म अझै जीवित रहेछु ।
एकल नारीको जिम्मेवारीको चिच्चाहट
विशाक्त हृदयहरुले दिएको चोट
सम्बन्धहरुले दिएको तिरस्कार, अनि
अपरिचितहरुले दिएको आशाबीच पनि,
म अझै जीवित रहेछु ।
मृत्युलोक तर्फको अज्ञात यात्रा
देखावटी मानिसका भीड भित्रको सन्नाटा
आफ्नै आत्मसम्मानको आत्महत्या, अनि
आफ्नो खुशी र अस्तित्वको चीरहरण हुँदा पनि
म अझै जीवित रहेछु ।
दोलखा, हालः भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण