कीर्तिमानी रकममा काइसेडोलाई अनुबन्ध गर्दै लिभरपुल
लण्डन । लिभरपुलले मिडफिल्डर मोइज काइसेडोको लागि ब्राइटनसँग ११.१ करोड पाउन्डको बेलायती रेकर्ड ट्रान्सफर शुल्कमा सहमति जनाएको छ ।
यद्यपि, चेल्सीले पनि अब इक्वेडरका खेलाडीका लागि सम्झौता सुरक्षित गर्न कोशिस गरिरहेको छ । ब्राइटनले यसअघि नै क्लबबाट आएको अफर अस्वीकार गरिसकेको छ ।
यता २१ वर्षीय खेलाडीको प्राथमिकतामा पनि स्ट्यामफोर्ड ब्रिजमा नै जाने रहेको अनुमान गरिएको छ । अब चेल्सीले लिभरपुभन्दा राम्रो अफर दिन्छ कि दिँदैन, त्यो हेर्न बाँकी छ।
ब्राइटनले काइसेडोका लागि १० करोड पाउन्डभन्दा बढी शुल्क तोकेको थियो । चेल्सीले भने यसअघि ८ करोड पाउण्ड अफर गरेको बताइएको छ ।
लिभरपुलले गत महिना साउदी प्रो लिगमा मिडफिल्डरद्वय जोर्डन हेन्डरसन र फाबिन्होलाई गुमाएको थियो । त्यसयता क्लबले काइसेडोका ब्राइटन टोलीका साथी एलेक्सिस म्याक एलिस्टरलाई ३५ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ ।
पूर्व कप्तान हेन्डरसन अल-इत्तिफाकमा अनुबन्ध भएका छन् भने २९ वर्षीय ब्राजिलियन फाबिन्हो अल-इत्तिहाद पुगेका छन् ।
शुक्रबार लिभरपुलका म्यानेजर योर्गेन क्लपले भने: ‘मलाई भनिएको छ कि म [ब्राइटन सँगको] सम्झौतामा सहमति भएको पुष्टि गर्न सक्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण