शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिमानी रकममा काइसेडोलाई अनुबन्ध गर्दै लिभरपुल

शनिबार, २७ साउन २०८०, ०९ : ०३
शनिबार, २७ साउन २०८०

लण्डन । लिभरपुलले मिडफिल्डर मोइज काइसेडोको लागि ब्राइटनसँग ११.१ करोड पाउन्डको बेलायती रेकर्ड ट्रान्सफर शुल्कमा सहमति जनाएको छ ।

यद्यपि, चेल्सीले पनि अब इक्वेडरका खेलाडीका लागि सम्झौता सुरक्षित गर्न कोशिस गरिरहेको छ । ब्राइटनले यसअघि नै क्लबबाट आएको अफर अस्वीकार गरिसकेको छ ।

यता २१ वर्षीय खेलाडीको प्राथमिकतामा पनि स्ट्यामफोर्ड ब्रिजमा नै जाने रहेको अनुमान गरिएको छ । अब चेल्सीले लिभरपुभन्दा राम्रो अफर दिन्छ कि दिँदैन, त्यो हेर्न बाँकी छ।

ब्राइटनले काइसेडोका लागि १० करोड पाउन्डभन्दा बढी शुल्क तोकेको थियो । चेल्सीले भने यसअघि ८ करोड पाउण्ड अफर गरेको बताइएको छ ।

लिभरपुलले गत महिना साउदी प्रो लिगमा मिडफिल्डरद्वय जोर्डन हेन्डरसन र फाबिन्होलाई गुमाएको थियो ।  त्यसयता क्लबले काइसेडोका ब्राइटन टोलीका साथी एलेक्सिस म्याक एलिस्टरलाई ३५ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ ।

पूर्व कप्तान हेन्डरसन अल-इत्तिफाकमा अनुबन्ध भएका छन् भने २९ वर्षीय ब्राजिलियन फाबिन्हो अल-इत्तिहाद पुगेका छन् ।

शुक्रबार लिभरपुलका म्यानेजर योर्गेन क्लपले भने: ‘मलाई भनिएको छ कि म [ब्राइटन सँगको] सम्झौतामा सहमति भएको पुष्टि गर्न सक्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप