सुन तस्करीमा संलग्नताको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा
काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्नताको आशंका गरी पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।
शुक्रबार बिहान अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो ।
अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएका उनीहरूको सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।
यसअघि भेपमा लुकाएर ल्याएको भनिएको १० किलो सुन तस्करीमा ली र लुई नाम गरेका चिनियाँ नागरिकको संलग्नताको आशंका गरिएको थियो । एक सय किलो सुन तस्करीमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशंका गरी राजश्व अनुसन्धान विभागले ती नामहरूलाई राडारमा राखेको थियो । मिल्दोजुल्दो नाम आएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
तर नियन्त्रणमा लिइएका व्यक्तिहरू सुन तस्करीमा संलग्न भनिएका ली वा लुई रहेको नपाइएपछि उनीहरूलाई शुक्रबार नै रिहा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण