शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरले थप्यो १६ औँ एटीआर

शनिबार, २७ साउन २०८०, १४ : ३८
शनिबार, २७ साउन २०८०

काठमाडौँ । निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले नयाँ विमान थपेको छ । आफ्नो सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बुद्धले १६ औँ एटीआर विमान थपेको हो ।

कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत आफ्नो १६ औँ विमान किनेको हो । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट ७० सिट क्षमताको एटीआर ७२ जहाज किनेको जानकारी दिएको छ । 

फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौँ आइपुगेको जनाइएको छ । बुद्ध एयर नेपालको आन्तरिक उडानतर्फको अग्रणी हवाई कम्पनी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप