बुद्ध एयरले थप्यो १६ औँ एटीआर
शनिबार, २७ साउन २०८०, १४ : ३८
१
काठमाडौँ । निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले नयाँ विमान थपेको छ । आफ्नो सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बुद्धले १६ औँ एटीआर विमान थपेको हो ।
कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत आफ्नो १६ औँ विमान किनेको हो । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट ७० सिट क्षमताको एटीआर ७२ जहाज किनेको जानकारी दिएको छ ।
फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौँ आइपुगेको जनाइएको छ । बुद्ध एयर नेपालको आन्तरिक उडानतर्फको अग्रणी हवाई कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण