काठमाडौँमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यलय स्थापना गर्ने निर्णयको विरोध
बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णयको विरोध गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै संघले सो निर्णयको विरोध गरेको हो ।
लुम्बिनी विकास कोषको शुक्रबारको बैठकले कोषको कार्यालय काठमाडौँमा पनि स्थापना गर्ने निर्णय गरेको थियो । विज्ञप्तिमा बुद्ध जन्मस्थल लुम्बिनी र त्यस वरपरका बौद्ध सम्पदाको विकास, प्रवर्द्धन, संरक्षण एवं प्रचारप्रसारमा दुरगामी प्रभाव पार्ने कुनै किसिमका नकारात्मक निर्णय नलिन लुम्बिनी विकास कोषसँग माग गरिएको छ ।
‘काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी विगतमा पनि लुम्बिनीलाई ओझेलमा पार्ने प्रयास नभएको होइन,’ संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भनेका छन्, ‘लुम्बिनीको विकास र हित चाहने हो भने लुम्बिनीदेखि बाहिर अन्यत्र कुनै स्थानमा लुम्बिनीको नाममा सम्पर्क कार्यालय वा कुनै नामका कार्यालय खोलिनु हुँदैन यसमा हाम्रो गम्भिर विमत्ति रहेको छ ।’
उनले उक्त निर्णयलाई तत्काल सच्याउन समेत माग गरेका छन्। सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले लुम्बिनीलाई अन्येलमा पार्ने आफूहरुको ठम्याइ रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण