शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

काठमाडौँमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यलय स्थापना गर्ने निर्णयको विरोध

शनिबार, २७ साउन २०८०, १४ : ५५
शनिबार, २७ साउन २०८०

बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णयको विरोध गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै संघले सो निर्णयको विरोध गरेको हो ।

लुम्बिनी विकास  कोषको शुक्रबारको बैठकले कोषको कार्यालय काठमाडौँमा पनि स्थापना गर्ने निर्णय गरेको थियो ।  विज्ञप्तिमा बुद्ध जन्मस्थल लुम्बिनी र त्यस वरपरका बौद्ध सम्पदाको विकास, प्रवर्द्धन, संरक्षण एवं प्रचारप्रसारमा दुरगामी प्रभाव पार्ने कुनै किसिमका नकारात्मक निर्णय नलिन लुम्बिनी विकास कोषसँग माग गरिएको छ । 

‘काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी विगतमा पनि लुम्बिनीलाई ओझेलमा पार्ने प्रयास नभएको होइन,’ संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भनेका छन्, ‘लुम्बिनीको विकास र हित चाहने हो भने लुम्बिनीदेखि बाहिर अन्यत्र कुनै स्थानमा लुम्बिनीको नाममा सम्पर्क कार्यालय वा कुनै नामका कार्यालय खोलिनु हुँदैन यसमा हाम्रो गम्भिर विमत्ति रहेको छ ।’

उनले उक्त निर्णयलाई तत्काल सच्याउन समेत माग गरेका छन्। सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले लुम्बिनीलाई अन्येलमा पार्ने आफूहरुको ठम्याइ रहेको उनको भनाइ छ । 

siddartha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप