पाँच लाखको एलसी खोलेर ८० अरबको सुनको कारोबार भइरहेको छ : शंकर पोखरेल
भक्तपुर । गठबन्धनको सरकार श्रमिक विरोधी रहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् । सत्तामा टिकिरहन सरकारमा रहेका दलहरूले समाजवादी मोर्चा बनाए पनि खासमा सत्तासीन दलहरू समाजवादको विपक्षमा रहेको र श्रमिकहरुको अधिकार कटौतीका सक्रिय रहेको बताएका हुन् ।
शनिबार भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासंघ जिफन्टको दसौँ प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले दुई वर्षमा वृद्धि हुनु पर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि गर्न नसकेकोमा आलोचना गरे। उनले साउन १ गतेदेखि नै लागु भइसक्नु पर्ने न्यूनतम ज्याला आज साउनको अन्तिम सातासम्म पनि सरकारले तय गर्न नसकेकोमा दुख व्यक्त गरे ।
सरकारको श्रमिक नीतिमा रहेको खोटकै कारण प्रत्येक वर्ष नेपाली श्रम बजारमा पाँच लाख श्रमिकहरू थपिने गरे पनि प्रत्येक वर्ष साढे ७ लाख श्रमिकहरू रोजगारीका लागि विदेशिनु परकोमा दुखद रहेको बताउँदै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गर्ने गठबन्धन सरकारको नीति मूल कारण रहेको जिकिर गरे । पोखरेलले नेकपा (एमाले) सरकारमा हुँदा नेपाली युवाहरूको विदेशीने दर कम थियो तर, जब गठबन्धनले सरकारको नेतृत्व गरे पनि विदेशीने युवाहरूको ताँती बढ्नुका कारणको खोजी हुनु पर्ने बताए ।
‘देश आर्थिक मन्दीमा रहेको प्रचार गरिएको छ तर,हाम्रा छिमेकी चीन र भारत दुवै देशमा आर्थिक मन्दी छैन । यदि देशमा मन्दी भएको हो भने जनता समस्या परेका हुन् भने सरकारको नेतृत्व गर्ने नेताका नजिकका व्यापारीले ४० अर्ब फाइदा कसरी कमाए ? यसको जवाफ सरकारले दिनु पर्छ,’ पोखरेलले प्रश्न गरे । वर्तमान सरकार पुँजीपति पक्षीय रहेको बताउँदै उनले पाँच लाखको एलसी खोलेर ८० अरबको सुनको कारोबार गरिरहेको आरोप लगाए ।
जिफन्टका संरक्षक तथा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले जिफन्ट नेकपा (एमाले) को जनसंगठनहरु मध्ये विचार र संगठन संरचना र शैलीका आधारमा नितान्त फरक संगठन रहेको बताउँदै कामको क्षेत्रमा फेरिएको समयलाई मध्यनजर गर्दै जिफन्टले आफूलाई निर्माताहरूको संगठन बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण