बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक
आइतबार, २८ साउन २०८०, १३ : १७

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।
बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउँछन् ।
शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सांसद सुनील शर्मा पक्राउबारे बैठकमा सांसदहरुले कुरा राखेका थिए । आज बैठकले यसबारे निर्णय लिने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
संसद्मा थिङको नियमापत्ति : मानवतस्करी भनेर कसलाई भन्न खोजिएको हो ? पुष्टि गर्न सकिन्छ ?