मैवाखोलाको बाढीले चार घर जोखिममा
ताप्लेजुङ । गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो । यस्तै बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक बगाएको उनले बताए ।
खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ । असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो । प्रायः बर्सेनि आउने बाढीले दोभानवासीलाई समस्यामा पार्दै आएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङमा गएरातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा यातायात सञ्चालनमा कठिनाइ भएका छन् । निरन्तरको वर्षाले पहिराको जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण