अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको शिखरमा अभिनेत्री दीया

काठमाडौँ । अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् । आइतबार बिहान ७ बजे उनले हिमालको शिखर चुमेकी हुन् ।
हिमालको शिखरमा नेपाली झण्डा समेत फहराएको तस्बिरसहित उनले सामाजिक संजाल मार्फत आरोहणको सफलता शेयर गरेकी छन् । ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेको जानकारी दिएकी उनले अर्काे एक सपना पुरा भएको बताएकी छन् ।
दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलता पूर्वक आरोहण गरेकी थिइन् । यसअघि उनले ८ हजार १६३ मिटरको संसारको आठौँ अग्लो मनासलु समेत आरोहण गरिसकेकी छन् । सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको उनले आरोहण गरेकी थिइन् । उनको विश्वका ७ अग्ला शिखर आरोहण गर्न लक्ष्य रहेको छ ।
फिल्म ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी दीयाको गत असारमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । फिल्म व्यावसायिक रूपमा सफल हुन नसके पनि दीयाको अभिनयले भने चर्चा पाएको थियो । उनको फिल्म ‘दयारानी’ प्रदर्शनमा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको समर्थन गरेमा अमेरिकी, बेलायती र फ्रेन्च सैन्य अड्डाहरूमा हमला गर्ने इरानको चेतावनी
-
‘सायद मेरा लागि कविता मयुर हो, मयुरको नृत्य हो’
-
विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयको ३३ बुँदे धारणा
-
‘तितेपाती बेचेर नेपालले अर्बौं रकम कमाउन सक्छ’
-
कोइलीदेवी माथेमा : प्रथम नेपाली महिला सङ्गीतकार
-
उपेक्षामा बृहत् विराट विकास क्षेत्रः ६ वर्षे महत्त्वाकांक्षी योजना ऐनमै सीमित