‘घर ज्वाइँ’मा दयाहाङ र मिरुनाको जोडी
काठमाडौँ । हिट फिल्म ‘जारी’को जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर ‘घर ज्वाइँ’मा देखिने भएका छन् । निर्माण युनिटले फिल्ममा दयाहाङ र मिरुना जोडीकै रुपमा देखिने जानकारी दियो ।
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भूमिकाका लागि एक महिना अगाडि दयाहाङ अनुबन्धित भएपनि मिरुना भर्खर छानिएकी हुन् । फिल्मका लागि बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा पनि छनौटमा परेका छन् ।
आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्माता मगरले फिल्मको मुख्य भूमिकामा रहने कलाकार लगभग फाइनल भएको बताए ।
जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेकोछ । रुकुममा छायांकन हुने फिल्मको कथा घर ज्वाइँको रहेको छ । फिल्म वितरण रोहित–रत्नको आरआर फिल्म्सले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण