अपडेट
बागमती नदीबाट उद्धार गरिएका बालकको उपचारको क्रममा मृत्यु
आइतबार, ०३ साउन २०८३, १९ : ४७
सारांश
- काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उर्गेन गुरुङको उपचारका क्रममा मृत्यु भएको छ।
- प्रहरी र सेनाको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेका गुरुङको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
- गुरुङसहित ४ जना साथी पौडी खेल्न गएका बेला उनी चिप्लेर खोँचमा खसेका थिए।
काठमाडौँ । काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि उद्धार गरिएका बालकको मृत्यु भएको छ।
आइतबार मध्याह्न गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा पौडी खेल्ने क्रममा १३ वर्षीय उर्गेन गुरुङ बेपत्ता भएका थिए। प्रहरी र सेनाको गोताखोर टोलीले उनलाई अचेत अवस्थामा उद्धार गरेको थियो।
डोल्पा घर भएर काठमाडौँ बस्दै आएका उर्गेनको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए। उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
गुरुङसहित ४ जना पौडी खेल्न सुन्दरीजल स्थित बोक्सीदहमा गएका थिए । पौडिने क्रममा चिप्लेर उनी खोँचमा खसेपछि उनीसँगै गएकाले प्रहरीलाई खबर गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण