सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले गभर्नरसहित वाणिज्य बैंकका सीईओहरुलाई किन छलफलमा बोलाए ?

आइतबार, २८ साउन २०८०, १६ : ४९
आइतबार, २८ साउन २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आकस्मिक रुपमा गभर्नर महाप्रसाद अधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई छलफलका लागि बोलाएका छन् । आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

खासगरी बैंकको ब्याजदर कसरी घटाउन सकिन्छ ? सो विषयमा गभर्नरसहित बैंकका सीईओहरुसँग आन्तरिक छलफलका लागि बैठक डाकिएको स्रोतको भनाइ छ ।
हाल बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा पनि बैंकहरुको चर्को ब्याजका कारण लगानीको वातावरण बन्न नसकेपछि सरकार सहजिकरण गर्न लागि परेको हो । 

साउन महिनाका लागि बैंकहरुले आपसी प्रतिस्पर्धामा निक्षेपको ब्याजदर तोकेपनि आशातित रुपमा ब्याजदर घट्न नसकेको र अन्ततः यसले कर्जाको ब्याजसमेत नघटेपछि अर्थमन्त्री बैंकर्ससँग छलफलमा जुटेका हुन् । 
हाल बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । आगामी भदौ महिनामा पुनः बैंकहरुले मिलेर (कार्टेलिङ) बैंक ब्याजदर तोक्ने तयारी गरेसँगै अर्थमन्त्रीले अग्रसरता लिएको बुझिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप