अर्थमन्त्रीले गभर्नरसहित वाणिज्य बैंकका सीईओहरुलाई किन छलफलमा बोलाए ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आकस्मिक रुपमा गभर्नर महाप्रसाद अधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई छलफलका लागि बोलाएका छन् । आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
खासगरी बैंकको ब्याजदर कसरी घटाउन सकिन्छ ? सो विषयमा गभर्नरसहित बैंकका सीईओहरुसँग आन्तरिक छलफलका लागि बैठक डाकिएको स्रोतको भनाइ छ ।
हाल बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा पनि बैंकहरुको चर्को ब्याजका कारण लगानीको वातावरण बन्न नसकेपछि सरकार सहजिकरण गर्न लागि परेको हो ।
साउन महिनाका लागि बैंकहरुले आपसी प्रतिस्पर्धामा निक्षेपको ब्याजदर तोकेपनि आशातित रुपमा ब्याजदर घट्न नसकेको र अन्ततः यसले कर्जाको ब्याजसमेत नघटेपछि अर्थमन्त्री बैंकर्ससँग छलफलमा जुटेका हुन् ।
हाल बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । आगामी भदौ महिनामा पुनः बैंकहरुले मिलेर (कार्टेलिङ) बैंक ब्याजदर तोक्ने तयारी गरेसँगै अर्थमन्त्रीले अग्रसरता लिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण