व्यासको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट
तनहुँ । व्यास नगरपालिकामा एक वर्षमा २० उजुरी फर्छ्यौट भएका छन् । गएको आर्थिक वर्ष २०७९–०७०मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक इन्दिरा दरैले जानकारी दिइन् ।
जसमध्ये १३ वटा मिलापत्रबाट फर्छ्यौट भएका छन् । ७ वटा उजुरी सर्वसम्मत ढङ्गबाट फर्छ्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ३८ वटा उजुरी प्रक्रियामा रहेको संयोजक दरैले बताइन् । आ.व. ०७९–०८० मा अघिल्लो वर्षको १० वटा उजुरी सारिएको बताइएको छ ।
पालिकामा सबैभन्दा धेरै जग्गा विवादका उजुरी रहेको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ । जग्गाको साँध सिमाना मिचेको, भोग चलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोग चलन गरेको, पति पत्नीबिचको विवाद, घरेलु हिंसालगायतका विषयमा उजुरी दर्ता हुने गरेका छन् । नगरपालिकाले वडाबाटै मेलमिलाप गराउन हरेक वडामा मेलमिलाप केन्द्र पनि बनाएको छ । वडाले फर्छ्यौट गर्न नसकेको उजुरी नगरपालिकामा आउने गरेको उपप्रमुख दरैले बताइन् ।
उनले भनिन्, ‘वडातह बाटै हामीले मुद्दालाई मिलापत्र गर्न लगाउँछौँ, वडामा रहेको मेलमिलापले नसकेपछि न्यायिकमा दर्ता गराई उजुरीको छिनोफानो गराइन्छ ।’ उनले अघि भनिन्, ‘३ देखि ५ पटक सम्म एउटै उजुरीमा छलफल गराउँदा उजुरीको छिनोफानोमा समय लाग्ने गरेको छ । हामीले मिलापत्रबाटै उजुरीको छिनोफानो गराउनेमा जोड दिने गरेका छौँ । चालु वर्ष ०८० –८१ म ३ वटा मुद्दा दर्ता भएका छन् । जसमा चालु वर्ष र अघिल्लो वर्षको १÷१ मुद्दाको फर्छ्यौट भएको छ भने दुई वटा उजुरी प्रक्रियामा रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारबाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण