शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शर्मालाई बलायरले भने : अर्थमन्त्रीलाई लगाएको आरोपको प्रमाण के छ ?

आइतबार, २८ साउन २०८०, १६ : ५६
आइतबार, २८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सांसद डा.सुनील शर्मालाई सुन तस्करी प्रकरणको प्रमाण मागेका छन् । आइतबारको संसदीय दलको बैठकमा बलायरले प्रमाण लिएर आए शर्माको एजेन्डा बोकेर आफू पनि हिँड्ने धारणा राखेका हुन् ।

‘अर्थमन्त्रीलाई लगाएको आरोपबारे तपाईँसँग प्रमाण के छ ? प्रमाणसहित आउनु, म तपाईंसँग तपाईँको एजेन्डा बोकेर हिँड्छु,’ उनले भने । अर्थमन्त्री प्रकाशशरण महतविरुद्ध कसैको उक्साहटमा प्रमाण विना नबोल्न शर्मालाई बलायरको सुझाव थियो ।

‘अर्थमन्त्री तथा पार्टी प्रवक्ताविरुद्ध अर्काको उक्साहटमा बोल्नु भएन । सांसदले संसदीय मूल्य मान्यता मान्नु पर्दैन ?,’ शर्मालाई बलायरको प्रश्न थियो,‘ तपाईले मिडियामा दिएको अभिव्यक्ति हामीले सुनिरहेका छौं । त्यो किमार्थ स्वीकार्य छैन ।’

सांसद बलायरले कांग्रेसलाई प्रमुख विन्दुमा राखेर बोल्न भनेका थिए । अर्थ मन्त्रालयको काम चित्तबुझ्दो नभएपनि सांसदले अनुशासनको ख्याल गरेर बोल्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप