शर्मालाई बलायरले भने : अर्थमन्त्रीलाई लगाएको आरोपको प्रमाण के छ ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सांसद डा.सुनील शर्मालाई सुन तस्करी प्रकरणको प्रमाण मागेका छन् । आइतबारको संसदीय दलको बैठकमा बलायरले प्रमाण लिएर आए शर्माको एजेन्डा बोकेर आफू पनि हिँड्ने धारणा राखेका हुन् ।
‘अर्थमन्त्रीलाई लगाएको आरोपबारे तपाईँसँग प्रमाण के छ ? प्रमाणसहित आउनु, म तपाईंसँग तपाईँको एजेन्डा बोकेर हिँड्छु,’ उनले भने । अर्थमन्त्री प्रकाशशरण महतविरुद्ध कसैको उक्साहटमा प्रमाण विना नबोल्न शर्मालाई बलायरको सुझाव थियो ।
‘अर्थमन्त्री तथा पार्टी प्रवक्ताविरुद्ध अर्काको उक्साहटमा बोल्नु भएन । सांसदले संसदीय मूल्य मान्यता मान्नु पर्दैन ?,’ शर्मालाई बलायरको प्रश्न थियो,‘ तपाईले मिडियामा दिएको अभिव्यक्ति हामीले सुनिरहेका छौं । त्यो किमार्थ स्वीकार्य छैन ।’
सांसद बलायरले कांग्रेसलाई प्रमुख विन्दुमा राखेर बोल्न भनेका थिए । अर्थ मन्त्रालयको काम चित्तबुझ्दो नभएपनि सांसदले अनुशासनको ख्याल गरेर बोल्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण