भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार भन्सारका कर्मचारी सक्रिय र परिवर्तित सोचका साथ अग्रसर हुनुपर्ने बताएका छन् । आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा.महतले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको बताए ।
‘मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ’ अर्थमन्त्री डा.महतले भने, ‘समय सापेक्ष आम सेवाग्राहीको भावना बुझ्न सक्नुपर्छ ।’
आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने बताउँदै अर्थमन्त्री डा. महतले सरल सहज भन्सार सेवा प्रदान गर्नुपर्ने बताए ।
उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेको रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ । राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ । यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्याङ्कन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्याङ्कन गर्नुपर्छ’ मन्त्री डा.महतले भने ।
प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको दोहोर्याउँदै मन्त्री डा.महतले वीरगन्ज भन्सारको उदाहरण दिँदै ठुलो एक्स-रे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्काइए राखिएको बताए ।
साउनमा लक्ष्यको ८० प्रतिशत राजस्व उठेकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री डा.महतले अझ इमानदार भएर काम गरिए शतप्रतिशत लक्ष्यमा पुग्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण