एमालेले संसद अवरोध गर्नु जायज छैनः प्रदीप यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर खेलवाड गरेको बताएका हुन् । उनले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताए ।
उनले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको बताए । उनले प्रहरीमाथि विश्वास गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘संसद अवरोध प्रमुख प्रतिपक्षले गरेको छ । संसदलाई खेलवाडका रुपमा प्रमुख प्रतिपक्षले हेरेको छ । संसद जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताको न्यायको मन्दिर हो । समसामयिक मुद्दामा यहीँबाट बहशको थालनी हुन्छ । देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ । यो संसद चलाउनुको साटो संसद अवरुद्ध गर्नु जायज कुरा होइन । प्रमुख प्रतिपक्षले नाटक रचेको छ । छानबिन टोली बनाएर के गर्ने ? खालि त्यो प्रतिवेदन थन्क्याएर राख्ने । अरु के हुन्छ नेपालमा ? छानबिन टोली बन्छ । प्रतिवेदन थन्क्याएर राखिन्छ । अरु कुनै काम हुन्छ र ? अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको हो । गर्दैछ । प्रहरीमाथि विश्वास गरौँ ।’
सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको बताए । उनले तत्कालिन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण