बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अपर लोहोरे खोलाको आईपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता सेयर

मङ्गलबार, ३० साउन २०८०, १० : ३२
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ। अपर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् । 

जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । 

यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता) साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो । यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । 

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल र अप्पर लोहोरे खोला हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप