जातीय विभेद गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गरेका छन् ।
मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
नेपाल र भारत जातीय विभेदले पीडित हुनु परेकोमा आपत्ति जनाउँदै सांसद गौतमले त्यसको अन्त्य पीडकलाई सम्झाएर, बुझाएर नहुने जिकिर गरे । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रुपमा लिएपनि त्यस अनुसारको कानून नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्क समेत गरे ।
आफूले शुरुदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्नका लागि विद्रोह गर्नेहरुलाई कठोर जरिवाना गर्ने, दबाउने काम पनि संविधान अनुसारको कानूनी व्यवस्था नभएकै कारण हुन गएको पनि स्पष्ट पारे ।
सांसद गौतमले जातीय विभेद गर्नेहरुको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई तत्काल राहत दिने व्यवस्था गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराए । उनले जातीय विभेद अन्त्यका लागि संसद् र संसदीय समितिले दिएको निर्देशनहरुको पूर्ण पालना गर्न पनि सरकारलाई दबाब दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण