बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जातीय विभेद गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम

मङ्गलबार, ३० साउन २०८०, १५ : ४६
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गरेका छन् ।  

मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्  । 

नेपाल र भारत जातीय विभेदले पीडित हुनु परेकोमा आपत्ति जनाउँदै सांसद गौतमले त्यसको अन्त्य पीडकलाई सम्झाएर, बुझाएर नहुने जिकिर गरे । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रुपमा लिएपनि त्यस अनुसारको कानून नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्क समेत गरे ।  

आफूले शुरुदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्नका लागि विद्रोह गर्नेहरुलाई कठोर जरिवाना गर्ने, दबाउने काम पनि संविधान अनुसारको कानूनी व्यवस्था नभएकै कारण हुन गएको पनि स्पष्ट पारे ।

सांसद गौतमले जातीय विभेद गर्नेहरुको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई तत्काल राहत दिने व्यवस्था गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराए । उनले जातीय विभेद अन्त्यका लागि संसद् र संसदीय समितिले दिएको निर्देशनहरुको पूर्ण पालना गर्न पनि सरकारलाई दबाब दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप