थाइल्याण्डका नेपालीभाषीलाई गैरआवासीय नेपाली परिचय पत्र दिन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग आग्रह
काठमाडौँ । थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकहरुको एक समूहले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आग्रह गरेका छन् ।
मंगलबार थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेटेर यस्तो आग्रह गरेका हुन ।
भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली भाषी नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिएको उनका प्रेस सल्लाहाकार दुर्गाप्रसाद शर्माले जनाएका छन् ।
थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाईल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ । गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न र अन्य सुविधाबाट वञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताएकी छन् । थाईल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण