चार जिल्लाका सीडीओ फेरिए : धनुषामा पाण्डे, चितवनमा थापा (सूची)
मङ्गलबार, ३० साउन २०८०, १८ : ००
काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ ।
उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन